पेट्रोलियम पदार्थको मूल्य बढ्यो

0
181

काठमाडौं,माघ २०- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँका दरले मूल्य बढाए हो। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ।

मूल्य समायोनपश्चात् पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटर पाइने छ। फेब्रुरी १ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।

आइओसीले प्रत्येक १५ दिनमा पेट्रोल, डिजल र मट्टितेलको परिवर्तित मूल्य पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ। जसका आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गरिने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here