जोगियो सम्भा‍वित हारबाट बार्सिलोना

0
274

माघ २०-स्पेनिस लिग लिडर बार्सिलोना शनिबार राति संभावित हारबाट जोगिएको छ। कप्तान लियोनेल मेसीले दुई गोल गरेपछि उसको संभावित हार टरेको हो।

ला लिगा फुटबलअन्तर्गत भ्यालेन्सियासँगको खेलमा २ गोलले पछि परेको अबस्था उल्टाउँदै बार्सिलोनाले महत्वपूर्ण १ अंक हासिल गर्यो।  घरेलु मैदानमानै बार्सिलोनाले २–० ले पछि परेको थियो। भ्यालेन्सियाका लागि केभिन गेमेरियो र ड्यानियल पारेजोले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए।

रोड्रिगोको पासमा केभिन गेमेरियोले खेलको २४औं मिनेटमा भ्यालेन्सियालाई पहिलो गोल दिलाउँदा ३२औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीमार्पmत अग्रता दोब्बर बनायो। बार्सिलोनाका सर्जिओ रोबर्टोले ड्यानियल वासलाई डिबक्सभित्र लडाएपछि भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो ।

जसलाई ड्यानियल पारेजोले सदुपयोग गर्दा बार्सिलोना दबाबमा परेको थियो। तर बार्सिलोनालाई खेलमा फर्काउन कप्तान लियोनेल मेसीले ३९औं मिनेटमा  पेनाल्टीमार्फतनै पहिलो गोल फर्काए। तर पहिलो हाफमा बार्सिलोना २–१ ले पछि पर्यो। तर दोस्रो हाफको ६४औं मिनेटमा मेसीले आर्टुरो भिडालले पासलाई सदुपयोग गर्दा बार्सिलोनालाई २–२ गोलको बराबरीमा पुग्यो।

त्यसपछि दुबै टिमले थप गोल गर्न असफल हुँदा खेल बराबरीमा अन्त भएको थियो। बराबरीसँगै बार्सिलोनाको २२ खेलबाट ५० अंक पुगेको छ। बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग ६ अंकको अग्रता लिन सफल भएको छ। भ्यालेन्सिया ३० अंक जोडेर सातौँ स्थानमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here