पत्नीसँग भनाभन भएपछि पतिले हाने आफैँलाई गोली

0
242

उदयपुर,२० माघ- उदयपुरका एक युवाले श्रीमतीसँग झगडा परेपछि आफैँले बन्दुक हानेर आत्महत्याको प्रयास गरेका छन्।

उदयपुरको रौतामाई गाउँपालिका ५ रातमाटेमा बस्ने ३८ वर्षीय निरबहादुर राईले भरुवा बन्दुक प्रहार हानेर आत्माहत्याको प्रयास गरेका हुन्।

श्रीमतीसँग सामान्य भनाभन हुँदा आवेगमा आएर आफैँलाई बन्दुकले हानेका राईको छातीमा ठुलो घाउ भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here