जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

0
192

गुल्मी,२० माघ- गुल्मीको मुसिकोट नगरपालिका  ८ वामी मैदानमा पीकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

वामी मैदानमा ग १ च ८३५७ नंम्बरको पिकअप दुर्घटना हुँदा मुसकोट नगरपालिका ८ वामीका बर्ष ३० का ठाकुर प्रसाद सापकोटा, सोही स्थानकै ५५ वर्षीया पुतलीसिंह ठकुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। यस्तै दुर्घटनामा २ जना घाइते भएका छन्।

घाइतेहरूमा मुसिकोट नगरपालिका वडा नं ८ कै वर्ष ४८ की हरिकला कार्की, बर्ष १२ का कमल कार्की रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए। खड्ककाका अनुसार घाइते २ जनाको वामीमा उपचार भइरहेको छ। घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here