सलमान युसुफमाथि यौनशोषणको आरोप

0
332

मुम्बई- भारतका चर्चित करियोग्राफ़र सलमान युसुफ खान विरुद्ध सेक्शुअल ह्यारास्मेंटको केश दर्ता भएको छ। उनि विरुद्ध मुम्बई पुलिस स्टेशनमा एक डान्सरले केस दर्ता गराएकी छन। उनले सलमान र उनको भाइले आफुलाई गलत तरिकाले छोएको आरोप लगाएकी छन्। सलमानले भने आफु विरुद्ध लागेको आरोप झुठो भएको बताउदै आफ्नो इन्स्टा अकाउन्टमा एक पोस्ट शेयर गरेका छन्।

उनि विरुद्ध मुम्बईको ओशभिरा पुलिस स्टेशनमा ३० जनवरीमा केस दर्ता भएको थियो। उनलाई उक्त आरोप लगाउने युवति पनि डान्सर हुन्। एफआइआरको अनुसार अगस्त २०१८ मा सलमानका म्यानेजरले ति युवतीलाई एक डान्स शोको लागि प्रस्ताब गरेका थिए। त्यसपछि उनको मुम्बईमा सलमान भेट भयो र यहि समय सलमानले आफुलाई गलत तरिकाले छोएको उनले बताएकी छन्।

ति युवतीले सलमानले आफुलाई भाइसंग पनि भेट गराएको र उनले पनि आफुसंग गलत व्यवहार गरेको आरोप लगाएकी छन्। सलमानले सन् २०१३मा रेमो डिसुजाको फिल्म ‘एबिसिडी’ बाट बलिवुडमा डेब्यु गरेका थिए। त्यस्तै उनले ‘डार्लिङ्ग’, ‘जिद’, ‘दिल जंगली’ र ‘वेलकम टु न्यूयोर्क जस्ता फिल्ममा करियोग्राफी गरेका छन्। सलमानले उक्त आरोपको खण्डन गर्दै ति युवतीले गलत नियत र पैसा हडप्न को लागि आरोप लगाएको बताएका छन्।

-dcnepal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here