कालिगण्डकी कोरिडोरमा काम भएन

0
292

पाल्पा,माघ २१-कालिगण्डकी कोरिडोर (गैडाकोट–राम्दी–मालढुंगा) सडक आयोजनाको सडक ठेकदारकोे लापर्बाहीले दुई वर्षअघि खोलिनु पर्ने ट्रक्याक अझै खुलेको छैन ।

ट्रक्याक नखुलेको रानीमहल क्षेत्रको अवलोकन गदै अर्थमन्त्री युवराज खतिवडाले ठेक्का लिएर काम नगर्ने मनसाय राखेका निर्माण व्यावसायीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । मन्त्री खतिवडाले सार्वजनिक खरिद ऐन संशोधनको क्रममा रहेको बताउँदै सडक आयोजनाले निर्माण व्यावसायीलाई ताकेता गर्ने, यदि अटेर गरेमा सरकारले ऐन संशोधनपछि कारबाही थाल्ने बताए ।

उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा स्रोत र साधनको कमी नहुने भएकाले निर्माण कार्यलाई गति दिन आयोजना प्रमुखलाई निर्देशनसमेत दिएका छन् ।

आव २०६९÷७० देखि २०७१÷७२ सम्म ठेक्का सम्झौता गरेका निर्माण व्यावसायीहरूले सयममा काम नगरेकाले पाल्पाको राम्दी–रानीमहल–रिडी खण्ड र स्याङ्जाको मिर्मी–फलेवास खण्डमा ट्र्याक नखुलेको हो ।

राम्दीधाम हुँदै रानीमहल दरबार र रुरु ऋषिकेश क्षेत्रलाई जोड्ने सडकमा दुई वर्षयता निर्माण व्यावसायीहरूले काम नैगरेका छैनन् ।आयोजना कार्यालय र निर्माण व्यावसायीहरूको चरम लापर्बाहीले ट्र्याक खुलाउनेभन्दा सजिलो खण्ड काम गरेर बिल भुक्तानी लिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here