कामपाका सार्वजनिक शौचालय बढाउन अध्ययन

0
321

काठमाडौँ,२२ माघ- काठमाडौँ महानगरभित्र २८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने प्रतिवेदन प्राप्त भएको छ । गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले आज कामपाका उपप्रमुख हरिप्रभा ९खड्गी० श्रेष्ठलाई शौचालय अध्ययन प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएका हुन् ।

प्रतिवेदनमा अहिले ५८ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेको तथ्यमा टेकेर भएका शौचालयको अवस्था परिवर्तन तथा सुविधा थप गरेर तत्काल महसुस गर्न लायक सुधार आउने उल्लेख छ । महानगरभित्रका व्यावसायिक भवन ९सपिङ कम्प्लेक्स र मल० मध्ये ६७ वटामा सार्वजनिक शौचालय सञ्चालन गर्न सम्भव छ ।

कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन विश्वविद्यालयजस्ता निकायसँग समन्वय गर्दा १२ वटा शौचालय थप गर्न सकिने देखाइएको छ भने आयल निगमले सञ्चालन गरेको पेट्रोल पम्पमा ७२ वटा शौचालय थप्न सकिने प्रतिवेदनमा भनिएको छ ।

कार्यदलले महानगरका ५७ स्थानमा शौचालय राख्न सकिने सम्भावना देखाएको छ । वडाध्यक्षसँगको छलफलपछि यी स्थानमा शौचालय बनाउँदा आवश्यकतालाई आधार बनाउनुपर्छ । यसरी हेर्दा टेकु चोक, सानेपा पुल, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजु, माछापोखरी, गोङ्गबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिश भएका छन् ।

यससँगै गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिश छन् । यीबाहेकका स्थानमा दोस्रो चरणमा काम गर्दा चाप व्यवस्थापन हुनेछ ।

प्रतिवेदन बुझाउने क्रममा कार्यदलका संयोजक एवं सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख ध्रुवकुमार काफ्लेले अहिले चलेका कतिपय शौचालयमा पानी, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, प्रकाशको व्यवस्था नभएको, महिलालाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको देखिएको उल्लेख गर्दै यी आधारभूत सुविधा नियमन गर्नसके मात्रै पनि तत्काल सुधार देखिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here