गगन थापालाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा

0
239

काँस्की,२२ माघ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापालाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले पोखरामा कालो झण्डा देखाएका छन् ।

सरकारको विरोधमा कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध सभा आयोजना गरेको छ । थापाले पोखरामा आयोजित सभालाई सम्बोधन गरेका थिए ।

तर, त्यो भन्दा अघि उनलाई नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएको छ। थापालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here