फिल्ममा आउनुपूर्व ड्राइभर थिए अभिषेक

0
291

मुम्बई-अभिषेक बच्चन ४३ वर्षका भएका छन्। ५ फेब्रुअरी १९७६ मा मुम्बईमा जन्मिएका अभिषेकले २००० मा निर्देशक जेपी दत्ताको फिल्म ‘रिफ्यूजी’ बाट बलिउडमा डेब्यू गरेका थिए। यद्यपी उनलाई बहिउडमा स्थापित भने फिल्म धूमले गरायो। धुम भन्दा पहिला उनका करिव १५ फिल्म असफल भइसकेका थिए। तर के तपाइँलाई थाहा छ फिल्ममा आउनु भन्दा पहिला अभिषेकले आफ्नो बुवाको कम्पनी एबीसीएलमा सवारी चालकको रुपमा काम गर्थे।

स्वयं अभिषेकले यो कुराको खुलासा गरेका हुन्। उनले यूटीभी स्टारको स्पेशल शो ‘ये है मेरी कहानी’ मा आफ्नो  विगतको खुलासा गरेका हुन्। अरशद वारसी र चन्द्रचुड सिंहलाई सेटमा ल्याउने लैजाने काम गर्थे।

‘म मेरो बुवाको प्रोडक्शन कम्पनी एबीसीएलमा प्रोडक्शन असिस्टेन र चालकको काम गर्थे। विहानै अरशद र चन्द्रचुडलाई उनीहरुको घरबाट सेटमा ल्याउँथे। र साँझ घर पुर्याउँथे। म यस्तै काम गर्थें’, उनले भनेका छन्।

अभिषेक बच्चनलाई एमबीए अध्ययन गर्न विदेश पठाइएको थियो। तर उनी पढाइ बीचमै छोडेर फर्किए। त्यसपछि उनी बुवाको कम्पनीमा प्रोडक्शन असिस्टेन्टका रुपमा काम गर्न थाले। अमिताभ बच्चनको छोरा भएका कारण उनी कुनै पनि निर्देशकलाई सजिलै भेट्न सक्थे। तर कुरा भेटमै सीमित हुन्थ्यो। अभिषेकका अनुसार अमिताभ बच्चनको छोरा भएका कारण कुनै पनि निर्देशक  उनलाई लन्च गर्न तयार थिएनन्। निर्देशकले कुनै न कुनै बहानमा उनलाई फिल्ममा लिँदैन थिए।

अभिषेकका अनुसार उनले अस्वीकारलाई इम्प्रेशन मानेर उनी अगाडि बढे। जुन निर्देशकले उनलाई अस्वीकार गरेका थिए, तिनै निर्देशकसँग काम गर्ने योजना बनाए।  उनले सबैभन्दा पहिला प्रकाश मेहतासँग एउटा फिल्म गर्ने योजना बनाए। जसको नाम सम्झौता एक्सप्रेस थियो। यद्यपी यो फिल्म निर्माण हुन सकेन।

फेरि एउटा कार्यक्रममा निर्देशक जेपी दत्ताको  नजर अभिषकमाथि पर्यो। उनले अभिषेकलाई आफ्नो फिल्ममा कास्ट गरे। तर ‘आखिरी मुगल’ का कारण उक्त फिल्म ढिला भयो। पछि दत्ताले अभिषेकलाई फिल्म रिफ्यूजीमार्फत कास्ट गरे। त्यही फिल्ममार्फत अभिषेकको अभिनय यात्रा सुरु भयो। अभिनय यात्रा सुरु भएपनि उनले चार वर्षसम्म कुनै पनि हिट फिल्म दिन सकेनन्। यहीबीचमा फिल्म शरारत पछि पब्लिक रिभ्यू हेर्न हलमा पुगेका थिए, तब एक युवतीले उनलाई थप्पड प्रकार गरेकी थिइन्। उनले अमिताभ बच्चनको नाम खबार गर्न गालेको भन्दै उनलाई अभिनय छोड्न सुझाव दिइन्।

२००४ मा रिलीज भएको फिल्म धूमले भने उनलाई सफलता दिलायो। अहिलेसम्म अभिषेकले ५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्। उनले अहिलेसम्म सोचेजस्तो सफलता भने प्राप्त गर्न सकेका छैनन्।

अभिषेक बच्चनका अनुसार २००४ मा उनलाई धुमका रुपमा पहिलो सुपरहिट फिल्म प्राप्त भएको थियो। तर भगवान समान बुवाले भने उनको तारिफ गरेनन्। डेब्यू गरेको  सात वर्षपछि उनको फिल्म गुरु रिलीज भयो। जब अमिताभ बच्चनले यो फिल्म हेरे तब हल बाहिर निस्किएर अभिषेकलाई अंकमाल गरे। उनले अभिषेकको निकै तारिफ पनि गरे

http://www.dcnepal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here