अवार्ड लिभरपुलका फरवार्ड मोहमद सलाहलाई ‘पीएएफ प्लेयर अफ द मन्थ’ अवार्ड

0
185

काठमाडौँ,माघ २२-लिभरपुलका फरवार्ड मोहमद सलाह ‘पीएएफ प्लेयर अफ द मन्थ’ अवार्ड जितेका छन् । जनवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै सलाह प्लेयर अफ द मन्थ घोषित भएका हुन् ।

इजिप्टका सलाहले जनवरीको ४ खेलमा ३ गोल गर्दै प्रोफेसनल फुटबलर्स एसोसियसनले हरेक महिना प्रदान गर्ने यस अवार्ड जितेका हुन् । २६ बर्षे सलाह डिसेम्बर महिनामा समेत प्लेयर अफ द मन्थ बनेका थिए ।

प्रिमियर लिगमा यो सिजनमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका सलाहले १६ गोल गरिसकेका छन् ।

सलाहको उत्कृष्ट प्रदर्शनले लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ ।

एजेन्सी 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here