भोजपुर,२३ माघ- पूर्व प्रधानमन्त्री स्व: गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको जिल्लामा समिति तथा कार्यालय स्थापना गरिएको छ।
काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गरेको सो फाउण्डेशन शाखाको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।
कार्यक्रममा सो फाउण्डेशनका प्रदेश नं १ संयोजक इन्दिरा थापाले कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यकासाथ समिति गठन गरिएको बताए।
सो अवसरमा स्व कोइरालाको फोटो प्रदर्शनी समेत गरिएको थियो। जिल्लामा नीरकुमार विकको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ।
फाउण्डेशनको सहसंयोजक कर्ण मोक्तान, सचिव प्रमेश भारती, सहसचिव अजुर्न बस्नेत, कोषाध्यक्ष पुष्पलता कटवाललगायत रहेका छन्।उनीहरुलाई प्रदेश संयोजक थापाले पदस्थापन गराएका थिए।