नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

0
240

काठमाडौं,२३ माघ-पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

बुधवार दिउँसो १ बजे बस्ने बैठकमा महासमितिमा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको बारेमा छलफल हुने र बैठकले पारित गरेको पार्टीको विधान, एवं अन्य राजनीतिक विषयमा छलफल हुने भएको छ ।

काठमाडौँमा गत मंङ्सीर २८ देखि पुस ८ गतेसम्म चलेको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने किसिमले पारित गरेको थियो।

बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वा्चित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here