सुदूरपश्चिम प्रदेशका जिल्लामा मुख्यमन्त्री कृषि कार्यक्रम

0
591

डोटी। जिल्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ।  सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण गर्ने लक्ष्यअनुरूप कृषि औजार उपकरण अनुदान, शीतभण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादनअनुसारको बजार’ भन्ने नाराका साथ जिल्लाका सो कार्यक्रम कार्यान्वयनका लागि चालू आवमा रु १९ करोड बजेट विनियोजन गरिएको छ।

चालू आवमा मन्त्रालयले उपलब्ध गराएको बजेटबाट राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडमार्फत कृषक, सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको र उखु र चैतेधानको बीउ पनि वितरण गरिने उक्त मन्त्रालयका प्रवक्ता नीलकण्ठ पोखरेलले जानकारी दिनुभयो । एक बिघादेखि १० बिघासम्म खेती गर्न चाहनेलाई मात्र बीउ शतप्रतिशत अनुदानमा वितरण गर्ने मापदण्ड बनाइएको उनको भनाइ थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here