‘निर्मला बाल उद्यान’को शिलान्यास

0
233
file photo

भीमदत्तनगर,माघ २४-कञ्चनपुरको भीमदत्तनगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा आज बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा ‘निर्मला बाल उद्यान’को शिलान्यास गरिएको छ।

वडा कार्यालयको सहयोगमा निर्माण हुन लागेको सो उद्यानको मूल ढोकामै निर्मलाको नाम लेखिने वडाध्यक्ष डम्बर कार्कीले बताए। उद्यानका लागि उनले अध्ययन गर्ने सो विद्यालयले दुई कट्ठा जग्गा उपलब्ध गराएको छ ।

वडा कार्यालयको लगानीमा रु १२ लाख ४३ हजारमा बन्ने उद्यानका लागि चालू आवमा रु पाँच लाख बजेट लिएर काम थालिएको वडाध्यक्ष कार्कीको भनाइ छ।

वडाध्यक्ष र निर्मलाकी आमा दुर्गादेवीले सो उद्यानको संयुक्तरुपमा शिलान्यास गरेका थिए । शिलान्यसपछि दुर्गादेवीले छोरी नभए पनि सम्झनामा उद्यानका लागि सहयोगी सबैप्रति आभार प्रकट गरे।

विद्यालयका शिक्षक नवराज पन्तले निर्मलाको सम्झनाका लागि बन्ने उद्यानको दीर्घकालीन व्यवस्थापनका लागि पहल हुनुपर्नेमा जोड दिए। निर्मला हत्या प्रकरण भएको छ महीनाभन्दा बढी समय बिते पनि घटनाको अनुसन्धानका लागि प्रहरीका विभिन्न टोली यहाँ परिचालित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here