ललितपुर महानगरलाई माग्ने मुक्त शहर बनाइने

0
215

काठमाडौं । ललितपुर महानगरले सहरलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने (बाटोमा माग्ने) मुक्त शहर बनाउने भएको छ ।  बुधबार ललितपुरमा मानव सेवा आश्रमको कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरलाई सहयोगापेक्षी सडकमानव मुक्त बनाउने गरि आवश्यक पूर्वाधार बनाउन थालिएको बताएका हुन् ।

महानगरले सहयोगापेक्षी सडक मानवका लागि आश्रयभवन बनाउने, स्वास्थ्य उपचार गराउने तथा परिवार मिलन गराउने गरि सरोकारवाला निकायसँग बहुपक्षीय छलफल भैरहेको बताए। मेयर महर्जनले अहिले काठमाडौँ उपत्यकालाई नै कसरि सहयोगापेक्षी सडकमानव मुक्त बनाउने भन्नेबारे छलफल चलिरहेको पनि बताए।

मेयर महर्जनले काठमाडौँ उपत्यका भित्रका १६ नगरपालिका र २ महानगरको संयुक्त बैठकमा सहयोगापेक्षी सडक मानवको उचित व्यवस्थापन गर्दै मुक्त शहर बनाउने प्रस्ताव आफुले लैजाने बताए । ललितपुर महानगरले आगामी आर्थिक वर्षबाट मानवीय र सामाजिक कार्यमा उल्लेख्य बजेट व्यवस्था गरेर कार्यक्रम बनाउने पनि बताए ।

ललितपुर महानगरपालिकाले मानव सेवा आश्रमको सहयोगमा सहयोगापेक्षी सडक मानवहरुलाई संकलन गरि आश्रयस्थलमा पठाउने गरेको छ।

मानव सेवा आश्रमले आफ्ना विभिन्न शाखाहरुमा करिब १७५० सहयोगापेक्षी सडक मानवको उद्धार गरि आश्रय दिइरहेको छ । यस संस्थाले सडकमा भेटिएका सहयोगापेक्षीहरुको पुनर्मिलन पनि गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here