विप्लवको अभियान टोलीनै गिरफ्तार

0
264
file photo

अर्घाखाँची,माघ २४- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीको अभियान टोलीलाई नै प्रहरीले गिरफ्तार गरेको छ ।

गुल्मी–अर्घाखाँचीमा अभियान चलाइरहेको टोलीलाई हस्तक्षेप गरी टोलीका नेता तथा पार्टी गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खेम खड्का, अर्घाखाँची जनसरकार प्रमुख पिताम्बर पोख्रेल  र टुकलाल पुनलगायत अभियान टोलीलाई प्रहरीले गिरफ्तार गरेको हो।

नेकपाका नेताहरूलाई शारदा मावि छत्रदेव गाउँपालिका ४ अर्घाखाँचीबाट गिरफ्तार गरिएको स्रोतले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यलयमा राखिएको छ । प्रहरी विभिन्न बाहाना बनाएर उनीहरूलाई नियन्त्रणमा लिएको छ । नेकपाले गिरफ्तारीको निन्दा गरेको छ ।

नया तामांग भाषा को गीत

नया तामांग भाषा को गीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here