नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकनसम्बन्धी दोस्रो सह–सहिव स्तरिय बैठक सुरु

0
335

काठमाडौं,माघ २४-नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकनसम्बन्धी दोस्रो सह–सहिव स्तरिय बैठक पोखरामा सुरु हुदैछ।

कास्कीको पोखरामा हुने कार्यक्रम विहान १० बजे सुरु हुने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रवी शंकर सैजुले जानकारी दिए। बैठकमा मुख्य गरी व्यापार अवरोधका रुपमा देखा परेको गैरकर हटाउने बिषयमा छलफल हुनेछ।

भारतले नेपाली उत्पादनलाई शुन्य भन्सारमा निर्यात गर्न दिने सुविधा दिने भनिएपनि विभिन्न शिर्षकमा अतिरिक्त कर लगाउदै आएको छ। जुटमा लगाउदै आएको काउन्टर भेलिङ ड्युटिका कारण निर्यातमा समस्या आएको छ। कृषि उत्पादन, अदुवा, अलैची जुट लगायत क्वारेन्टाइन परिक्षणदेखि निकासीमा आउने समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने बिषयमा पनि छलफल हुने छ।

नेपालबाट भारत निर्यात हुने बस्तुमा भारतियले लगाउने शुल्ककै हाराहारीमा भारतबाट आयत हुने बस्तुमा पनि शुल्क लगाउने बिषय नेपालले उठाउने तयारी गरेको जनाएको छ। बैठकको नेतृत्व नेपालको तर्फबाट सह(सचिव रविसंकर सैजुले गर्ने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here