संस्थापक मार्क जुकरबर्गकी दिदीले नै छाडेकी थिइन् फेसबुकको आकर्षक जागिर

0
207

काठमाडौं। संसारकै सफल कम्पनी फेसबुकमा जागिर गर्नु मानिसहरुको सपना हुने गर्छ । फेसबुकमा जागिर पाउनको लागि मानिसहरु ठूलो मूल्य चुकाउन तयार हुन्छन् । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गकी आफ्नै दिदीले भने फेसबुकको आकर्षक जागिर छाडेकी थिइन् । मार्ककी दिदी ३६ वर्षीया रेण्डी जुकरबर्गले हालै एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन् । रेण्डीले आफूलाई फेसबुकमा महिला कर्मचारी कम भएको महसुस भएपछि जागिर छाडेको बताएकी छिन् । फेसबुकको सुरुवाती चरणमा कम्पनीका अधिकांश विभागमा उनका अलावा महिला थिएनन् । यो कुरा उनलाई मन नपरेपछि उनले जागिर छाडेकी थिइन् ।

रेण्डीका अनुसार सुरुवातमा फेसबुकमा ५० कर्मचारी थिए । त्यतिबेला प्रविधि उद्योगमा महिलाको सहभागिता न्यून थियो । तर उनी यस्तो माहोल चाहन्थिन् जहाँ महिलाको सहभागिता बढी होस् । १५ वर्ष बितिसक्दा पनि स्थितिमा धेरै परिवर्तन नआएको उनले बताइन् । यही फेब्रुअरी ४ मा फेसबुकले स्थापनाको १५ वर्ष पूरा गरेको छ । रेण्डीका अनुसार प्रविधि जगतमा अहिले पनि पुरुषको दबदबा छ र उनलाई लाग्छ ‘सिलिकन भ्याली’मा महिलाको भूमिका अझै पनि कठिन अवस्थामै छ ।

रेण्डीका अनुसार उनी यही सोचका कारण सिलिकन भ्यालीबाट बाहिरिने निर्णय गरेकी थिइन् । फेसबुक उनको भाइको सोच थियो, उनका भाइको कम्पनी थियो । उनले त्यतिबेला भाइको सोचमा अगाडि बढ्नुभन्दा आफ्नो लागि केही नयाँ गर्ने निर्णय गर्दै फेसबुकबाट बाहिरिएकी थिइन् । भाइ मार्कको आग्रहमा रेण्डी २००४ देखि नै फेसबुकसँग जोडिएकी थिइन् । उनलाई ‘लाइभ स्ट्रिमिङ’ विभागको जिम्मेवारी दिइएको थियो । रेण्डीले २०११ मा फेसबुक छोडेर आफ्नै मिडिया फर्म सुरु गरेकी थिइन् ।

 

http://www.dcnepal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here