जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

0
329

धनुषा,२५ माघ- जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ। पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएकी क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यो विषयमा छलफल गरिन्।

सूचीमा राख्न अधिका‌ंश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिएको उपमहानगरप्रमुख साहले बताए।

मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक दिएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गरेको उनले जानकारी दिए।  यस क्रममा उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टलाई सम्मान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here