सलमान खानले गरे कटरीनाको बिकिनी तस्वीरबारे टिप्पणी

0
991

रणबीर कपूर आजभोली आलिया भट्टलाई डेट गरिरहेका छन् । तर, एक समय यस्तो पनि जब रणबीर कटरीना क्याफलाई डेट गर्थे । सन् २०१३ मा कटरीनाकी बिकिनी तस्वीर लीक भएको थियो ।

खासमा एक म्यागजिनले रणबीर र कटरीनाको तस्वीर लीक गरिदिएको थियो ।

रणबीर र कटरीना त्यतिबेला इबिजामा विदा मनाइरहेका थिए । कटरीना र रणबीरले शुरुआतमा त यो तस्वीरबारे केही प्रतिक्रिया दिएनन् । तर, के समयपछि कटरीनाले म्यागजिनमाथि कडा प्रतिक्रिया जनाइन् ।

कटरीनाका राम्रा मित्र सलमान खानले उनलाई किनै सहयोग गरेका थिए । उनले एक च्यानललाई दिएको अन्तर्वार्तामा यस विषयमा कुरा गरेका थिए ।

उनले भनेका थिए, ‘मलाई यस्तो लाग्छ, ती तस्वीरहरु न त पब्लिसिटी स्टन्ट थिए न फेक, किनकी मलाई लाग्दैनकी उनी रणबीर त होलान तर उनीसँग कटरीना थिइनन् । फेस कुनै अरुको होला बडी कुनै अरुको होला ।’

उनले यसपछि भनेका थिए, ‘तर, सोच्नुहोस महासय, कोही विदामा जान्छ, व्यक्तिगत विदामा कसैको तस्वीर लिएर पोस्ट गर्नु कत्तिको राम्रो होः यस्तो हाम्री आमा, बहिनीसँग पनि हुन सक्छ । तपाई कस्तो महसुस गर्न हुन्छ? यदि यस्तो घटना तपाईँकी आफ्नी बहिनी वा आमासँग भयो भने । यो एक निकै तल्लो स्तरको घटना थियो । कलाकारका रुपमा हामी फिल्महरुमा जे गर्छौ त्यो रील लाईफको विषय हो, तर कसैको व्यक्तिगत जीवनमा यस प्रकारले आक्रमण गर्ने अधिकार कसैलाई छैन ।’

खास कुरा के छ भने सलमान खानको बहप्रतिक्षित फिल्म भारतमा सलमान र कटरीना साथै काम गरिरहेका छन् । प्रियंकाले यो फिल्म छाडेपछि कटरीनाको प्रवेश भएको हो ।

फिल्ममा सलमान, कटरीनाका साथै दिशा पाटनी, सुनील ग्रोवर, शशांक सनी अरोडा, नोरा फतेही र ज्याकी श्राफ जस्ता स्टार देखिनेछन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here