कोपा डेल रे : भ्यालेन्सियाको उत्कृष्ट कमब्याक, २५ मिनेटमा दुई गोल गर्दै रियल बेटिससँग बराबरी

0
262

एजेन्सी । कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा भ्यालेन्सिया र रियल बेटिस बराबरीमा रोकिएका छन् । रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा दुवै टोली दुई–दुई गोलको बराबरीमा रोकिएका हुन्

दोब्बर अग्रता जोगाउन नसक्दा बेटिसले भ्यालेन्सियासँग बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलको ४५ औं मिनेटमा लोरेनले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो खेलमा अग्रता बनाएको रियलले दोश्रो हाफमा पुनः गोल गर्दै खेलमा बर्चश्व बनाइरह्यो ।

तर, भ्यालेन्सियाले लगातार दुई गोल गर्दै पुनरागमन गरेपछि खेल बराबरीमा रोकिन पुग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here