एक गाग्री पानी लिन घण्टौँ हिड्छन् सल्यानको एक गाँउका स्थानीय

0
329

सल्यान । सल्यानको बागचौर नगरपालिका, ११ बाफुखोलाको एक गाउँमा स्थानीयलाई पानी ल्याउन एक घण्टा लाग्ने गरको छ । बाफुखोलाको बुढा गाउँमा अहिलेसम्म खानेपानीको धारा नपुग्दा एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने बााध्यता अझै नहटेको स्थानीबासीले गुनासो गरेका छन् ।

बागचौर नगरपालिका, ११ अवस्थित पातिहाल्न बजारदेखि नजिकैको बुढागाउँमा एक गाग्री पानी लिनका लागि एक घण्टा लाग्ने स्थानीय वसन्त बुढाले जानकारी दिए । उनले भने, ‘मैले थाहा पाएदेखि एक गाग्री पानी ल्याउनका लागि आउँदा र जाँदा मात्रै एक घण्टा समय लाग्छ, यसले गर्दा घरमा एक जनालाई त पानी ल्याननमै पूरै दिन बित्छ ।’ स्थानीयका अनुसार १२ घरधुरी बसोबास रहेको बुढागाउँको खानेपानीको यो समस्या अहिले नभएर पहिलेदेखिकै हो ।

खानेपानी अभावकै कारण आफ्ना छोराछोरीको पढाईसमेत प्रभावित बनेको भन्दै स्थानीय ५८ वर्षीय वीरबहादुर बुढाले भने, ‘म बुढोले मेरा नानीबाबुलाई खानेपानी ल्याउ भनुँ कि पढ भनुँ ? हाम्रो यस्तो पीडा कसले बझ्छ ? यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here