काठमाडौँ,२८ माघ –चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँङ्कन लन्डनमा सुरु भएको छ। छायाँङ्कनको पहिलो दिन नायिका पूजा शर्मा र नवनायक सोनम तोप्देनले चलचित्रको पहिलो सट दिए।
यो चलचित्रको छायाँङ्कन करिब दुई महिना लन्डनमा हुनेछ। चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन्। लन्डन प्रस्थान गर्नुअघि नायिका पूजा शर्माले चलचित्रको सम्पूर्ण छायाँङ्कन लन्डनमा हुने जानकारी दिएकी थिइन्। फिल्ममा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।