काठमाडौँ,२८ माघ- बलिउड चलचित्रका कलाकार महेश आनन्द मुम्बईमा रहेको आफ्नै घरमा मृत अवस्थामा फेला पेरका छन्।
कलाकार महेश आनन्द अंधेरी उपनगरमा रहेको आफ्नै घरमा मृत भेटिएका भेट्टिएको र उनको दुई दिन अगाडि नै मृत्यु भएको हुनसक्ने मुम्बई प्रहरीले जनाएको छ।
आनन्दकी घरेलु कामदारले शनिबार उनको घरको ढोका ढकढकाउँदा कसैले ढोका नखोलेको र पछि प्रहरीलाई खबर गरेपछि मृत्युको खबर बाहिर आएको थियो।
केही समय अगाडि मात्रै रिलिज भएको चलचित्र ‘रंगीला राजा’ मा देखिएका आनन्दले अमिताभ बच्चन अभिनित ‘गंगा जमुना सरस्वती’, ‘शहंशाह’, ‘लाल बादशाह’ को साथै ‘थानेदार’, ‘कुली नम्बर १’, ‘बागी’ लगाएतका सुपरहिट चलचित्र खेलेका थिए।