प्रेम दिवसकै संघारमा ल्याइन मेलिना राइले प्रेमिल गीत (भिडियो सहित)

0
373

काठमाडौँ-स्वरकी धनी मेलिना राईको स्वरमा “तिमी सुन न, तिमी बुझ न “बोलको प्रेमील गीत यु ट्युबमार्फत सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको शब्द रचनामा खेम विश्वकर्माले सङ्गीत गरेको गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन्। गीतको रेकर्डिङ  काठमाडौँ स्थित मेलोडी नेपाल स्टुडियोमा गरिएको हो ।

प्रेम दिवसको सँघारमा सार्वजनिक गरिएको यो गीतमा श्रोताले आफ्नै प्रेमील कथा भेट्टाउने कुरामा गीतकार डाक्टर चन्द्र गिरी विश्वस्त हुनुहुन्छ ।प्रेम मनोविज्ञानको गहिराइमा पुगेर सुललित शब्दहरूमा लेखिएको गीतमा आफूले मिहिनेतका साथ सङ्गीत गरेको र मेलिना राईले गायनमा राम्रै न्याय गरेकोले यो गीत श्रोताहरूको मन जित्न सफल हुनेमा आफू विश्वस्त रहेको कुरा सङ्गीतकार खेम विश्वकर्मा बताउँछन् । गीतको म्युजिक भिडियो निकट भविष्यमा अमेरिकाकै नर्थ क्यारोलाइनामा छायाङ्कन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here