अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले गरे इन्गेजमेन्ट

0
468
file photo

काठमाडौं-अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेजमेन्ट गरेका छन्।

सोमबार एक समारोहकाबीच यी दुईले औँठी साटासाट गरेका हुन।  सात वर्षदेखि प्रेमसम्बन्धमा रहेका वर्षा र संजोग यहि फागुन २ गते विवाह बन्धनमा बाँधिदैछन्। विवाह मिति सार्वजनिक भएसँगै उनीहरूलाई शुभचिन्तकको शुभकामनाको ओइरो लागेको छ।

वर्षा र संजोगको इन्गेजमेन्टमा दुवै परिवारका सदस्य र केही आफन्त तथा साथीहरूको उपस्थिति थियो। वर्षा र संजोगले फागुन ३ गते काठमाडौंमा सिनेकर्मीलाई विवाह पार्टी दिने घोषणा गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here