पेशागत अधिकारबारे यातायात मजदुरलाई प्रशिक्षण

0
188

रुपन्देही,१ फाल्गुन-पेशागत अधिकारबारे सचेत बनाउने उद्देश्यले ६ जिल्लाका यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिइएको छ।

अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठन र जर्मनी संस्था एफइएसको संयुुक्त आयोजनामा मङ्गलबारदेखि सञ्चालित प्रशिक्षणमा २५ यातायात मजदुरको सहभागिता रहेको छ।

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा दाङ, धनगढी, काठमाडौँ, कपिलवस्तु, कास्की र रुपन्देहीका यातायात मजदुरको सहभागिता छ।

यातायात क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक र राजनीतिक संवादको माध्यमवाट नेतृत्व विकासका लागि सशक्तीकरण गर्नु प्रशिक्षणको उद्देश्य रहेको जर्मनी संस्था एफइएसकी नेपाल प्रतिनिधि समीरा पौडेलले बताए।

सन् १८९६ मा स्थापना भएको अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठनमा १३९ राष्ट्रका दुई करोड मजदुर र ६७७ युनियन आवद्ध रहेको साउथ एशियाकी युवा संयोजक आरती असधितले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here