आज विश्व रेडियो दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै

0
330

काठमाडौं,१ फाल्गुन-  आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रअरी १३ तारिखका दिन रेडियो दिवस मनाउने गरिएको छ।

रेडियोको महत्व र योगदान, चुनौतिहरुको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ। संवाद, सहिष्णुता र शान्ति भन्ने नाराका साथ यसपालीको विश्व रेडियो दिवस मनाउन लागिएको हो। दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबले सुर्खेतको विरेन्द्रनगरमा  विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

विहान प्रभातफेरि कार्यक्रम गर्ने र दिउँसो १ बजेपछि औपचारिक कार्यक्रम सुरु हुने अकोरावका अध्यक्ष सुवाश खतिवडाले जानकारी दिए। सम्मेलनमा देशभरका ३५० सामुदायिक रेडियोका प्रमख तथा प्रतिनिधि, रेडियो अभियन्ता र सञ्चार क्षेत्रका अगुवाको सहभागिता रहनेछ। नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.स.२००३ सालमा रेडियो प्रसारण शुरु गरेको थियो।

औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु थियो। निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण २०५२ सालदेखि भयो। विभिन्न सञ्चार माध्यमको विकास भएपनि अझै रेडियो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here