यी नायिकाले ९ वर्ष पहिला तीन बच्चाको पितासँग गरेकी थिइन् विवाह

0
316
file photo

मुम्बई,२ फाल्गुन- ‘मोहब्बतें’ की नायिका किम शर्मा आफ्ना ब्वाइफ्रेण्ड हर्षवद्र्धन राणेसँग मंगलबार भउको फिल्मफेयर ग्ल्यामर एण्ड स्टाइल अवार्डमा पुगिन्। उक्त कार्यक्रमको भिडियो यतिबेला सामाजिक संजाला भाइरल भइरहेको छ।

किमले फोटोग्राफरलाई पोज दिँदा निकै असहज देखिइन्। योबीचका हर्षवद्र्धनको नजर किमको पोशाकमा पर्यो तब किमले आफ्नो पोशाक मिलाउन थालिन्। आफ्नो पोशाक मिलाएपछि उनी हर्षवद्र्धनसँग रोमान्टिक पोज दिन थालिन्। किम र हर्षवद्र्धनलाई बेला बेलामा रेस्टोरेण्ट, पार्टीज र इभेन्टमा सँगै देखिन्छन्।

२०१० मा किम शर्माले केन्याका व्यापारी अली पुंजानीसँग मोम्बासामा विवाह गरेकी थिइन्। दुवैले अप्रिल, २०१७ मा सम्बन्ध विच्छेद गरे। अली पहिला नै विवाहित थिए र उनका थिन सन्तान थिए। आफ्नी पत्नीलाई सम्बन्ध विच्छेद दिएर अली पुंजानीले किम शर्मासँग विवाह गरेका थिए।
अली पुंजानीसँग छुट्टिएपछि किम शर्मा पागल जस्तै भएको समाचार सार्वजनिक भएको थियो। यद्यपी पछि किमले यो समाचारको खण्डन गरेकी थिइन्।

केही समय पहिला किम शर्मामाथि उनको घरमा काम गर्न बसेकी महिलाले कामबाट निकालेको आरोप लगाएकी थिइन्। राम्रोसँग काम नगरेको भन्दै किमले आफूमाथि दुव्र्यवहार गरेको उनले आरोप लगाएकी थिइन्।

किम शर्मा सबैभन्दा पहिला क्रिकेटर युवराज सिंहसँग अफेयरलाई लिएर चर्चामा थिइन्। यी दुईबीच करिव चार वर्षसम्म अफेयर चलेको थियो। यी दुईबीच २००७ मा ब्रेकअप भयो। युवराजले आमाको कुरा मानेर किमसँग अलग भएका थिए। पछि किमले आफू र युवराजबीच राम्रो तालमेल नबनेका कारण अलग हुनु परेको बताएकी थिइन्।

युवराजपछि किमले स्पेनिश ब्वाइफ्रेण्ड कालोैस मार्टिनसँग डेट गरिन्। यी दुवैबीच विवाह हुने तयारी पनि भएको थियो। तर अचानक उनीहरुको सम्बन्धमा ब्रेकअप भयो। किमको नाम फेशन डिजाइनर अर्जुन खन्नसँग पनि जोडिइसकेको छ।

किम जतिबेला विज्ञापनमा काम गरिरहेकी थिइन् तब आदित्य चोपडाको नजर उनीमाथि पर्यो। किमले फिल्ममा पहिलो ब्रेक ‘मोहब्बतें’ बाट मिल्यो। उनले फिदा, तुमसे अच्छा कौन हैं, नहले पे दहला, खडगम, टम डिक एण्ड ह्यारी जस्ता फिल्ममा काम गरेकी छन्।

www.dcnepal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here