सरकारले प्रहरीको वर्दीमा गोजी नराख्ने

0
267

एजेन्सी । केन्या सरकारले प्रहरीको वर्दीमा गोजी नराख्ने योजना अगाडि सारेको छ।प्रहरीबाटै भ्रष्टाचार बढेपछि सरकारले नयाँ प्रहरीका वर्दीमा गोजी नराख्ने योजना ल्याएको हो।केन्याका राष्ट्रपति उहुरु केन्याटाको भ्रष्टाचार विरोधी अभियान स्व रुप प्रहरीको पोशाकमा गोजी नराख्ने योजना ल्याइएको जनाइएको छ।सरकारी अधिकारीहरुका अनुसार केन्याका प्रहरीमाथि बाटोमै घुस खाएका उजुरी दैनिक आउने गरेका छन्।वर्दीमा गोजी नभएपछि उनीहरुलाई घुस माग्न गाह्रो हुने विश्वास गरिएको छ।प्रहरीहरुले भने यस योजनालाई सफल हुन नदिने बताएका छन्।

उनीहरुले केही प्रहरीको गल्तीको सजाय सारा प्रहरीलाई दिन नहुने बताएका छन्।वर्दीको गोजीले प्रहरीको सुन्दरतालाई समेत बढाउने उनीहरको तर्क रहेको छ। यता दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएएका महोत्तरीका एक प्रहरी सहाय क निरीक्षक (असइ) फरार भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असइ रामनरेश साह फरार भएका छन् ।औरहीस्थित नवदुर्गा सःमिलबाट अख्तिया रको टोलीले नियन्त्रणमा लिए तापनि स्थानीयवासी अवरोध गर्दा प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भागेका हुन् ।

महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाएअनुसार असइ अहिले सम्पर्कविहीन रहेको र औरहीमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । अख्तियारको फन्दाबाट फरार भएका असइ साहलाई खोजी कार्य तीव्र रुपमा अगाडि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जनाएका छन् ।बर्दिबासस्थित कार्यालयबाट गएको पाँच-छ जनाको टोलीले प्रहरी चौकीमा कार्यरत असइ साह र नवदुर्गा सःमिलका सञ्चालक दिनेश साहलाई नियन्त्रणमा लिएलगत्तै स्थानीयवासीले अवरोध गरेका थिए । हाल दुवै जना नियन्त्रणबाहिर रहेको प्रहरी स्रोतले जनाएको छ । अख्तियारको टोलीसँग गएका प्रहरीले सःमिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here