अण्डा खादा के कस्तो फाईदा हन्छ जानि राखौँ

0
267

काठमाडौँ-अण्डाको सेवनले सरीरलाई चाहिने पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ ।

अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । हप्तामा तीनवटा अण्डाको सेवन गर्न ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ सल्लाह दिएको थियो । अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छ ।

विशेषज्ञको अनुसार अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा निकै कम हुन्छ । अण्डाले मोटोपना घटाउन सहयोग पूराउँछ । बिहानको ब्रेकफास्टमा अण्डा समावेश गर्नाले दिउसो कम खानकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४ सय क्यालोरी कम खानेकुरा खाइने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरुलाई वजन घटाउन सहयोग मिल्छ ।

अण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छअण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छन् । यी तत्वले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई दूर गर्छ । अण्डामा फाइदाजनक कोलेस्टेरोल अर्थात् हाइ डेन्सिटी लिपोप्रोटिन हुन्छन् । यसले मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम कम गर्छ ।

अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्दछ । अण्डामा कोलिन नामक तत्व पाइन्छ । यो हामीले खाने अन्य खाद्यपदार्थमा विरलै पाइन्छ । यो तत्वले कोष झिल्ली निर्माणमा सहयोग पूराउँछ र मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्छ ।

जुनै मौसममा पनि ती तत्वहरुको आवश्याक्ता हुने हुँदा गर्मी र जाँडो दुवैमा अण्डा खान जरुरी छ । अण्डामा पोषक तत्वको मात्र धेरै भएकोले नै गर्मीमा पनि यसको सेवन गर्न सकिन्छ । दुध जस्तै अण्डा पनि आफैँमा सम्पूर्ण आहारा हो । यदि अण्डा मात्रै खाने हो भने पनि लगभग सबै तत्वहरु हाम्रो शरीरले पाउने एक अध्धनले जनाएको छ । गर्मीको समयमा दिनमा २ ओटा अण्डा खाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here