यस्तो शहर जहाँ १२८ रुपैयाँमा घर किन्न पाइन्छ

0
191

एजेन्सी। अहिलेको महङ्गीको जमानामा मानिसलाई दुई तीन कोठा भएको घर बनाउन पनि लाखौं रुपैयाँको आवश्यक पर्छ। दुई तीन तलाको घर बनाउन आजभोली सामान्य मानिसका लागि निकै गाह्रो छ, यो त सपना जस्तै भइसकेको छ।

तर विश्वमा एउटा त्यस्तो शहर छ, जहाँ तपाईले सोचेको भन्दा पनि धेरै कम रुपैयाँमा घर किन्न सक्नु हुन्छ। यसो बताइरहँदा तपाईलाई विश्वास नलाग्न सक्छ। तर इटलीको सामबुका शहर जहाँ एक इयुरोमै घर किन्न सकिने समाचार विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा जनाइएको छ। नेपालमा एक इयुरो बराबर करिब १२८ रुपैयाँ हुन्छ।

सामबुका शहर प्राकृतिक सौन्दर्यले भरिपूण स्थान हो। यो शहर रातो अङ्गुरको खेतीका लागि निकै प्रख्यात छ। त्यहाँका स्थानीयहरु शहर छोडेर अर्कै शहर तिर जाने क्रम बढेपछि यति सस्तोमा घर दिइरहेको जनाइएको छ।

जसको कारण यहाँको जनसंख्या पनि घट्दै गइरहेको छ। जनसंख्या घट्नुको प्रमुख कारण यहाँ यातायातको कमी रहेको जनाइएको छ। तर यहाँ १२८ रुपैयाँमै घर किन्नको लागि केही शर्तहरु पूरा गर्नुपर्ने हुन्छ।

पहिलो शर्तअनुसार तपाईले घर किनेको तीन वर्षभित्र मर्मत गर्नुपर्ने हुन्छ। यस्तै यहाँ घर किन्ने व्यक्तिको सेक्युरिटी डिपोजिटको रुपमा त्यहाँको स्थानीय प्रशासनमा पाँच हजार युरो अर्थात नेपाली करीब ६ लाख ४० हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ। तर तीन वर्षभित्र घरको मर्मत सकिएपछि उक्त रकम फिर्ता दिइने जनाइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here