बेझाड,६ फाल्गुन- रामपुरमा सञ्चालन भएको अपाङ्गता परिचय पत्र वितरण शिविरमा दुई सय ७२ जनाले सेवा लिएका छन्।
शिविरमा पहिले परिचय पत्र लिएकाहरुमध्ये एक सय ६८ जनाको अध्यावधिक, ३३ जनाको परिवर्तन र ७१ जनालाई नयाँ प्रमाण पत्र प्रदान गरिएको छ।
अध्यावधिक र नयाँ गरी रातो ७७, निलो एक सय पाँच, पहेँलो ५८ र सेतो ३२ वटा गरी जम्मा दुई सय ७२ वटा प्रमाणपत्र प्रदान गरिएको सहायक महिला विकास निरीक्षक सचिव पूजा परियारले जानकारी दिए।
यसअघि प्रदान गरिएको परिचय पत्र कार्यविधि लागु भएसँगै एक वर्षपछि प्रयोग नहुने कार्यविधिमा समेटिएको छ।
यस्तै नगरपालिकाले आवश्यकताअनुसार कार्यक्रम गरी वितरण गर्ने जनाएको छ। रामपुर नगरपालिकाको आयोजनामा भएको शिविरमा शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म शिविर सञ्चालन भएको हो।
सिंहदरबारको अधिकार घरघरमा भन्ने नाराका साथ सरकारले स्थानीय तहलाई प्रदान गरेको अधिकारअनुसार नगरपालिकाले परिचय पत्र वितरण शुरु गरेको हो।