भारतसँग तनाव बढेका बेला साउदीले दियो पाकिस्तानलाई २० बिलियन डलर

0
203

एजेन्सी । भारतसँग तनाव बढिरहेका बेला राहत हुनेगरि साउदी अरबले पाकिस्तानलाई २० बिलियन डलर सहयोग गरेको छ । आफ्नो एशिया भ्रमणको पहिलो मुलुक पाकिस्तान पुगेका साउदी राजकुमार मोहम्मद बीन सलमानले सो सहयोगी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

राजकुमार सलमान आइतबारै पाकिस्तान पुगेका थिए । साउदी अरब पाकिस्तानलाई सहयोग गर्ने एक प्रमुख दाता राष्ट्र हो । भारतको जम्मू कश्मीरको पुलवामामा भएको एक आतंकवादी आक्रमणपछि भारतसँग पाकिस्तानको तनाव बढेको छ ।

खास गरि सो आक्रमपछि भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय जगतबाट पाकिस्तानलाई एक्ल्याउने कुटीनितक पहल गरिरहेकै बेला साउदीबाट भएको यो सहयोगले पाकिस्तानलाई आर्थिक रुपमामात्र नभएर कुटनीतिक रुपमा पनि राहत भएको विश्लेषण गरिएको छ ।

हाल पाकिस्तानको आर्थिक अवस्था संकटपूर्ण छ । क्रिकेटबाट पाकिस्तानलाई विश्वविजेता बनाएका इमरान खान प्रधानमन्त्री बनेपछि आर्थिक सहयोग जुटाउन कम्मर कसेर लागेका थिए ।

आर्थिक सहयोग जुटाउने प्रयास स्वरुप उनले प्रधानमन्त्रीमा निर्वाचित भएपछि साउदीको भ्रमणसमेत गरेका थिए । सो भ्रमणका क्रममा साउदीले आर्थिक सहयोग गर्ने बचन दिएको थियो ।

साउदीले राजकुमार सलमानको पाकिस्तान भ्रमणका क्रममा सो बचन पुरा गरेको हो । सलमान पाकिस्तानमा तीन दिन रहनेछन् । त्यसपछि उनले भारतको भ्रमण गर्नेछन् । भारतपछि उनी मलेसिया र चीनसमेत पुग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here