स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे

0
475

बेझाड,६ फाल्गुन- रामपुरका स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे गरिएको छ।

रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय हुँदै देवीस्थान जोड्ने ८५० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो।

यहाँका स्थानीयवासीको रु २३ लाख ८६ हजार बराबरको जनसहभागितामा सो सडक कालोपत्रे गरिएको छ। सडक कालोपत्रेका लागि रामपुर नगरपालिकाले रु ५५ लाख ६७ हजार ५०० विनियोजन गरेको थियो।

स्थानीयवासीको जनसहभागिता र नगरपालिकाको सहयोग गरी जम्मा ७९ लाख ५३ लाख ६०० बराबरको लागतमा सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर रानाले जानकारी दिए।

अहिले नगरपालिकाभित्र सडक निर्माणलाई प्राथमिकतामा राखेर वडागत र नगरस्तरिय योजना धमाधम सञ्चालन भइरहेको छ। कच्ची सडकलाई ग्राबेल गर्ने, सानो सडकलाई फराकिलो बनाउने, पक्की सडक भएको ठाउँमा नाली बनाउने जस्ता कामहरू अगाडि बढ्दै गएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here