जुम्ल्याहा बच्चा कसरी जन्मिन्छन् ? थाहा पाउनुहोस

0
694

६ फाल्गुन- स्त्रीरोग विशेषज्ञका अनुसार एकैपटक दुईभन्दा बढी बच्चा जन्मिनु सामान्य अवस्था होइन । किनकि, यस्तो सधैँ हुँदैन । साधारणतया मानिस एकपटकमा एउटा बच्चा जन्माउने प्राणी हो । यद्यपि, मानिसकै गर्भबाट जुम्ल्याहा बच्चासमेत जन्मिने गर्छन् । यदाकदा त्योभन्दा बढी पनि जन्मिन्छन् ।

किसिम
जुम्ल्याहा बच्चा दुई किसिमका हुन्छन्, मोनोजाइगोटिक र डाइजाइगोटिक ।

१ मोनोजाइगोटिक 
मोनोजाइगोटिक बच्चा एउटै खालका हुने गर्छन् । हेर्दा दुरुस्त उस्तै देखिन्छन् । यी छोरा–छोरा वा छोरी–छोरी मात्र हुने गर्छन् ।

२ डाइजाइगोटिक 
डाइजाइगोटिक बच्चा दुइटा डिम्बबाट जन्मिने भएकाले यिनीहरू एक–आपसमा फरक हुन्छन् । जस्तै, कालो वा गोरो, छोरा वा छोरी हुने आदि ।

कारण 
एकैपटक धेरै डिम्ब विकसित हुनु जब महिलाको पाठेघरमा गर्भ बस्छ, तब उत्पादनका क्रममा एकभन्दा बढी डिम्ब विकसित भएमा जुम्ल्याहा वा सोभन्दा बढी गर्भ रहने सम्भावना रहन्छ । यसर्थ, पछिल्लो समयमा तीन–चारवटा बच्चा एकैपटक जन्मिएका समाचार आउने गरेको सुनिन्छ । तीनवटासम्म स्वस्थ रहे पनि त्योभन्दा बढी बच्चा बाँच्ने सम्भावना कम हुन्छ । विश्वभरमा दुई सय ५० आमामध्ये एकले मात्र जुम्ल्याहा बच्चा जन्माउने गरेको पाइन्छ ।

 वंशानुगत गुुण
वंशानुगत गुणका कारणसमेत कतिपय आमाले जुम्ल्याहा बच्चा जन्माउँछन् । खासगरी यो आमापट्टिको परिवारमा निर्भर गर्छ । कहिलेकाहीँ त यो प्रक्रिया पुस्तौँपुस्तासम्म पनि चल्न सक्छ । कुनै–कुनै नश्लीय समूहमा जुम्ल्याहा बच्चा जन्मिनुलाई सामान्य मानिन्छ ।

 गर्भनिरोधक औषधि
विभिन्न चक्की, सुुई आदि जस्ता गर्भ रहन नदिन प्रयोग गरिने औषधिका कारण हर्मोनमा गडबडी हुने गर्छ । यसले गर्दा जुम्ल्याहा बच्चा जन्मिने सम्भावना रहन्छ ।
ल गर्भ बसाउने चक्की
हिजोआज धेरै महिलामा बाँझोपनको समस्या देखिने गरेको छ । तसर्थ, गर्भ बसाउन अधिकांशले औषधि प्रयोग गरिरहेका हुन्छन् । यस्ता चक्कीले महिलामा एकभन्दा बढी अन्डा उत्पादन गराउँछ । लाखौँ शुक्रकिटको सम्पर्कमा आउँदा डिम्बहरू विकसित हुने गर्छन् । फलस्वरूप एकभन्दा बढी गर्भ रहने सम्भावना बढी हुन्छ ।

 आइभिएफ प्रविधि
इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबी विधिबाट समेत जुम्ल्याहा बच्चा जन्मिन्छन् । यो कृत्रिम प्रक्रिया हो । यो प्रक्रिया अपनाउँदा अन्डालाई बाहिर फर्टिलाइज गराएर पाठेघरमा राखिन्छ । खासगरी, गर्भ नरहने समस्या भएका महिलामा यो विधि अपनाइन्छ । यस विधिबाट बच्चा जन्माउँदा जुम्ल्याहा हुने बढी सम्भावना रहन्छ ।

गर्भमा जुम्ल्याहा बच्चा हुँदा…
जुम्ल्याहा गर्भ रहेमा पहिलो तीन महिना वाकवाकी लाग्ने, बान्ता हुने, चक्कर आउने समस्या बढी देखिने गर्छ । कतिपय गर्भवतीमा यस्तो असर खासै नपरे पनि अधिकांशलाई भने गाह्रो हुने गर्छ । जुम्ल्याहा गर्भ रहँदा बच्चा उल्टो बस्ने, साल बेरिने, बच्चाको तौल बढी हुने, पाठेघरमा बच्चा तेर्सो बस्ने आदि सम्भावना हुन्छ । तसर्थ, गर्भ रहेको ६ देखि ८ हप्ताभित्रै अल्ट्रासाउन्ड गर्न जरुरी छ । यसले गर्भको अवस्थाबारे थाहा पाउन सकिन्छ । त्यस्तै, गर्भ तीनदेखि ६ महिनाको पुगेपछि भिडियो एक्सरे र नियमित रगत जाँच अनिवार्य गर्नुपर्छ ।

janataawaj.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here