सञ्चारमाथि आक्रमण, अज्ञात समूहद्वारा सिरहामा जलाइयो राष्ट्रिय पत्रिका

0
228

सिरहा,१० फाल्गुन- अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन्।

लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौँ पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो।

पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो, पसल सञ्चालक दिनेश देवले भने, ‘म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यस बारेमा केही थाहा भएन।’

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए। केही दिनअघि सीता नोवेल पसलका लागि आएको कान्तिपुर, काठमाडौँ पोस्टलगायतका पत्रिका चोरीसमेत भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here