‘१२ खरी बुक्स’ ले राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गर्ने |प्रतियोगीतामा उत्कृष्टलाई रु १ लाख पुरस्कार |

0
382

नेपाली साहित्‍यको कथा विधालाई उकास्न ‘१२ खरी बुक्स’ ले राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।
सोमबार एक पत्रकार सम्‍मेलन गर्दै कथामा न्याय गर्न सक्ने लेखन साथै नवप्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरेको आयोजकले जनाएका छन् ।यस प्रतियोगीतामा नवप्रतिभालाई प्राथमिकता दिने जनाइएको छ ।यस प्रतियोगीताबाट कथा विधामा कलम चलाउनेलाई अवसरको साथै समाजमा चेतना फैलाउने भरपर्दो मध्यम भन्ने आयोजकको दावी रहेको छ ।

यस प्रतियोगीतामा सहभागी हुन् चाहने कथाकारले आफ्नो कथा आगामी फागुन २० गतेभित्र ‘डिसहोम १२ खरी कथा’ को इमेलमा पठाइसक्नुपर्ने छ ।प्रतियोगीतामा उत्कृष्ट ३ लाई रु १ लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गर्ने साथै उत्कृष्ट २५ वटा कथाको पुस्तक प्रकाशित गर्ने आयोजकले बताएका छन् ।

यस प्रतियोगितामा सहभागी हुनका लागि केही सर्त र नियमहरु पनि तोकिएको छ ।

केहि सर्तहरु
कथा नेपाली भाषामा हुनुपर्ने,
नेपाली भाषामा बाहेक अन्य भाषा लेखिएका भए कथालाई नेपालीमा अनुवाद गरी पठाउनु पर्ने,
नेपाली भाषामा गरिएको अनुवादको जिम्मेवारी स्वयं लेखकको हुनु पर्नेछ,
एउटा कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ। स्रोत १२ खरी |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here