होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा एक जनाको मृत्यु |

0
238

होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा काठमाडौंको डल्लुमा एकजनाको मृत्यु भएको छ। मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका ६ बस्ने २९ वर्षीय सुनिल बस्नेतको मृत्यु भएको हो।

प्रहरीका अनुसार पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो। काठमाडौं प्रहरी प्रमुख एएसपी वसन्त लामाका अनुसार मोटरसाइलमा विना हेल्मेट तीनजना सवार थिए। मोटरसाइकल सडकबाट ७० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते वस्नेतको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटना लगतै उक्त सवारी साधन भने साथीले उठाइ लगेकाले नम्बर पत्ता नलागेको प्रहरीको भनाइ छ। पैदल यात्रु भने सामान्य घाइते भएका छन्।

होली खेल्ने क्रममा अभद्र व्यवहार गर्ने तथा सवारी साधन आवागमनलाई असर पुर्‍याउने दुई सय ९४ जना राजधानीबाट पक्राउ परेका छन्।

पक्राउ परेकालाई सामान्य सोधपुछपछि साँझ नै छाडिएको लामाले जानकारी दिए। होली खेल्नेक्रममा नयाँ बानेश्वरमा युवाबीच सामान्य झडपसमेत भएको छ।

होलीको मौका छोपेर गाँजा बेच्ने तीन युवालाई पनि गौशालाबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

स्रोत annapurna post |
आंचल र पुष्पल खड्काको धमाल डान्स’को लागि यो भिडियो हेर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here