मोडल मेलिना सुबेदी’को अभिनय रहेको गीत (तिमि संगै) को भिडियो चर्चामा |

0
362

मोडल मेलिना सुबेदी’को अभिनय रहेको गीत (तिमि संगै) को भिडियो चर्चामा |
५ बर्ष अगाडी पोखरा बिन्दबासिनी’बाट मोड लिनङ करियर यात्रासुरुवात गरेकी मोडेल मेलिना सुबेदी’को अभिनय (तिमि संगै)बोलको गीत सार्वजनिक भएको छ | अभिनय र कला क्षेत्रमा एकदम रुचि राख्ने मोडल मेलिना’ले अहिले सम्म जम्मा जम्मी ७ वटा म्युजिक भिडियोमा गरेकी छन् |

उनि भन्छिन म धेरै भिडियो गर्दिन बर्षको एक वटा भिडियो गर्छु तर मलाइ गीत मन पर्यो भने मात्र | ग्ल्यामर फिल्डमा लागेको कम भएता पनि उनमा अभिनयकला राम्रो भएकी मोडल मध्ये उनि पर्दछिन | घरबाट पनि उनलाई राम्रै सपोर्ट भएको बताउने मोडल मेलिना २०७३ सालमा नेशनल मोडल ब्याटल’को फस्ट रनरअप पनि हुन् | अहिले सम्म उनले अभिनय गरेका गीतहरु
१ मेरो मन दुख्यो
२ मायाले दिएको चिनो
३ बाउआमा भन्दा ठुलो हैन धन
४ आँशु मात्रै गए
५ हैन माइती घर छोडेको
६ तीजैमा धोको फेरौंला जस्ता गीत हरुले राम्रै चर्चा परिचर्चा कमाए |

अहिले भने पुर्णिमा लामाको आवाज रहेको गीत( तिमि संगै) बोलको गीतमा अभिनय गरे लगत्तै उनको चर्चा परिचर्चा चलिरहेको छ | उनलाई अभिनयमा मोडेल पुरुष मोडल कमल अर्याल’ले साथ दिएका छन् | गीतमा शब्द रेशम रचक.संगीत टेक नारायण चापागाईं ,संगीत संयोजन, हेमन्त शिशिर’को रहेको छ | गीतको भिडियोमा निर्देशन टेक नारायण चापागाईं,छायांकन,दीपक गीरी ,भिडियो सम्पादन :अमृत चापागाईं’को रहेको छ | गीतको अडियो भिडियोलाई Three Star Media Pvt. Ltd. ले पोस्ट प्रोडक्सन गरेको छ | गीतको भिडियोलाई Three Star Media को युट्युब च्यानलमा हेर्न सकिन्छ |News Chiranjivi Bhandari |
.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here