हेर्नुहोश । विश्वकै अचम्मको गाउँ जहाँ बलात्कारीहरु मात्रै बस्छन्

0
231

एजेन्सी । बलात्कारीहरुलाई तपाई हामीले घर गाउँमा देखेकै छौँ । तर बलात्कारी नै बलात्कारीले भरीएको गाउँ कहिल्यै देख्नु भएको छ ? यस्तो गाउँ छ अमेरिकाको फ्लोरिडामा । एउटा यस्तो अचम्मको गाउँ जसको नाम नै मिराकल भिलेज रहेको छ । यस गाउँका बासिन्दाहरु अन्य गाउँका भन्दा एकदमै फरक छन् यसकारण कि त्यहाँ सबैजना बलात्कारी र यौन अपराधीहरु मात्र बस्छन् ।
अन्तराष्ट्रिय मिडियाका अनुसार फ्लोरिडाभन्दा २ माइल टाढा यस गाउँमा करिब २ सय मानिसहरु बस्दछन् । यी सबैजना अपराधीहरु हुन् । यिनीहरुमाथि यौन उत्पीडनको आरोप छ । यसको पछाडीको कारण भनेको फ्लोरिडा राज्यको कानून हो ।
त्यहाँ यौन अपराधीहरुलाई कानून बमोजिमको सजायँ काटेपछि पनि खुल्लारुपमा हिडडुल गर्न पाउने अधिकार दिइएको छैन । जहाँ बच्चाहरुमाथिको यौन उत्पीडनको आरोप लागेकाहरुलाई बच्चाहरुको स्कूल, खेल मैदानदेखि २५ सय फिटसम्म दुरी आसपास बस्न रोक लगाइन्छ । यहाँ १ सय ५० जना दर्ता भएका यौन अपराधीहरु बस्दै आएको सिएनएनले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here