‘धडक’ मार्फत डेब्यू गरेकी अभिनेत्री जान्हवी कपूरले अब अर्को फिल्ममा काम गर्ने भएकी छिन् |

0
272

एजेन्सी-फिल्म ‘धडक’ मार्फत डेब्यू गरेकी अभिनेत्री जान्हवी कपूरले अब अर्को फिल्ममा काम गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार उनले फिल्म ‘रुह(अफ्जा’ मा राज कुमार रावुँग अभिनय गर्ने भएकी हुन् ।
फिल्ममा वरुण शर्माको मुख्य भूमिका रहनेछ । हरर कमेडी फिल्मको नाम ‘रुह–अफ्जा’को षणा यसअघि नै गरिएको भए पनि अभिनेत्रीको भने टुंगो लागिसकेको थिएन । ।

केही समयअघि मिडियासँगको कुराकानीमा अभिनेत्री जान्हवी कपूरले अभिनेता राजकुमार रावका साथ काम गर्ने इच्छा रहेको कुरा बताएकी थिइन् । अहिले उनको त्यो सपना पनि साकार हुने भएको छ ।

फिल्मको निर्देशन हार्दिक मेहताले गरिरहेका छन् । यस फिल्ममा अभिनेत्री जान्हवी कपूरले दोहोरो भूमिका निर्वाह गर्नेछिन् । सन् २०२० मार्च २० मा रिलिज हुनेछ जान्भी चर्चित बलिउड नायिका स्वर्गिय श्रीदेबीकी छोरी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here