कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाएको सय अंक उल्लेख गरिएको चित्रसहितको बुकी र दोसल्लाद्वारा पनि संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो ।

0
176

काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीलाई दीर्घायू र सुस्वास्थ्यको शुभ कामना दिएकी छन् । संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा शुभकामना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्याएको योगदानको पनि उच्च प्रशंसा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशीलाई पठाएको सन्देश एक समारोहमा पढेर सुनाइएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाएको सय अंक उल्लेख गरिएको चित्रसहितको बुकी र दोसल्लाद्वारा पनि संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here