किन प्रधानमन्त्री केपी लाई रजिनाम दे भनेको होत यसतो भने को हुन त हेर्नुहोस् |हजुर हरुको अगाडि छन |

0
181

मुलुक संघिय संमरचनामा गएपछि बनेको शक्तिसाली सरकारको बिकल्प खोज्न थालिएको छ । सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै नागरिक स्तरबाटै सरकारको बिकल्प खोज्न थालिएको हो । पछिल्लो समय मुलुकको केन्द्रिय राजधानी काठमाण्डौमा ‘नेपालका लागि नेपाली अभियान’ ले चरणबद्ध रुपमा सरकार बिरोधी कार्यक्रम गर्न थालेको छ ।

फरक फरक क्षेत्रमा सकृय रहेका नेपाली नागरिक मिलेर बनेको अभियानले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै सडक संघर्षको उद्घोष गरेको हो । अभियानका अभियान्ताहरुले सरकार जनताको हितमा काम गर्न असफल भएको आरोप लगाएका छन् ।

बलियो सरकार बनाउनको लागि सत्तारुढ दल नेकपालाई जनताले गरेको मतदानको समेत ख्याल नगरी सरकारका गतिबिधी अगाडी बढ्न थालेको उनिहरुले बताएका छन् । मुलुकमा भ्रष्टचार बढेको, बेथिती मौलाएको, बलात्कार, हत्या जस्ता जघन्य अपराधका अपराधीलाई कारवाही गर्न नसकेको उनिहरुको भनाइ छ ।

अब नागरिक स्तरबाटै जनताको सरकार गठन गर्ने बेला आएको समेत उनिहरुले बताएका छन् । बर्तमान सरकार सुध्रिएर जनताको पक्षमा काम गरोस् भन्ने आफुहरुको चाहाना रहेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’ ले भनेको छ, ‘सरकार सुध्रिन चाँहदैन भने अब जनताले बिकल्प खोज्नेछन् ।’ अहिले काठमाण्डौमा केन्द्रित रहेको सडक संघर्ष देशैभर लगेर थप शसक्त बनाउने उनिहरुको योजना छ । नेपालमा अहिलेसम्म भएका आन्दोलन कसैको इसारामा चलेकाले अब नेपाली जनताले अपनत्व महशुस गर्ने गरी अबको आन्दोलन गर्ने अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here