सोमबार स्थिर स्थिर रहेको सुनको मुल्य एक्कासि एक हजार रुपैयाले बढेको छ ।

0
195

काठमाण्डौ – नेपालि बजारमा आज मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको छ । सोमबार स्थिर स्थिर रहेको सुनको मुल्य एक्कासि एक हजार रुपैयाले बढेको छ ।

सोमबार ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज मंगलबार तोलामा एक हजार रुपैयाँले बढेर ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ।

आज तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here