स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

0
219

काठमाडौँ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताए ।

चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना पनि अघि सारेको जानकारी दिएका उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताए ।

उनले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भईरहेको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here