बार्सिलोनाबाट गएका नेयमारको चर्चा विश्वभर भइरहँदा पाए नेयमार नपाए उनको विकल्पमा एमबाप्पेलाई आफ्नो क्लबमा भित्र्याउने स्पेनिस क्लब रियल मड्रिडले इच्छा देखाएको छ

0
276

एजेन्सी । नेयमार वा केलिएन एमबाप्पे पेरिस सेन्ट जर्मेनका खम्बा नै हुन् । बार्सिलोनाबाट गएका नेयमारको चर्चा विश्वभर भइरहँदा पाए नेयमार नपाए उनको विकल्पमा एमबाप्पेलाई आफ्नो क्लबमा भित्र्याउने स्पेनिस क्लब रियल मड्रिडले इच्छा देखाएको छ । नेयमार वा केलिएन एमबाप्पेलाई रियल मड्रिडले अनुबन्ध गर्न चाहेको खबर सार्वजनिक भइरहेका बेला रियलले पिएसजीलाई टोनी क्रुस, इस्को र ग्यारेथ बेल दिन तयार भएको अन्तराष्ट्रिय समचार स्रोतहरुले उल्लेख गरेका छन् ।

प्रशिक्षक जिनेदिन जिदान नियुक्त भएपछि पनि लयमा नर्फिकएको रियलले नयाँ खेलाडी नेयमार वा एमाबप्पे भएको खण्डमा टिम मजबुत बन्ने प्रतिक्रिया दिएका छन् । स्पेनिस मिडियाका अनुसार रियलले पोर्टोका डिफेन्डर मिलिटाओलाई अनुबन्ध गर्ने निश्चित भएको छ भने चेल्सीका इडेन हार्जाडलाई अनुबन्ध गर्ने अन्तिम तयारी गरिरहेका छन् । बेल, इस्को र क्रुसको प्रर्दशन सन्तोषजनक नरहेको अवस्थामा रियलले नेयमार वा एमबाप्पे मध्ये एकलाई अनुबन्ध गर्न तीन खेलाडी दिने प्रस्ताव अघि सारेसँगै यो खबरले अहिले राम्रो चर्चा पाइरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here