अर्जेन्टिनी स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डबाट सम्मान गरेको छ

0
293

एजेन्सी । अर्जेन्टिनी स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डबाट सम्मान गरेको छ । स्पेनको एक स्वायत्त क्षेत्र ९राज्य० का रूपमा मान्यता प्राप्त क्याटलान सरकारले प्रदान गर्ने यस अवार्ड ‘क्याटलान अवार्ड’का नामले पनि परिचित छ ।यस अवार्डलाई क्याटलान सरकारको सबैभन्दा सम्मानित र ठूलो अवार्ड मानिन्छ । फुटबलको माध्यामबाट क्याटलान क्षेत्रको प्रतिष्ठा विश्वभर फैलाएको भन्दै ३१ वर्षीय मेस्सीलाई उक्त अर्वाडबाट सम्मान गरिएको हो ।

अवार्ड पाउने मेस्सी दोस्रो फुटबलर हुन् । यसअघि यो अवार्ड सन् २००६ मा फुटबल जोन क्रुइजफलाई पनि प्रदान गरिएको थियो ।क्याटलानका राष्ट्रपति क्विम टोरराले मेस्सीलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड ग्रहण समारोहमा मेस्सी परिवारसहित गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here