केही समय देखी प्रेममा रहेका यो जोडीले इटलीमा गोप्य विवाहको योजना बनाएको अड्कल धेरैले गरेका छन्

0
201

एजेन्सी(भारतीय अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट केही दिन यता युरोप भ्रमणमा छन् । उनीहरूको भ्रमणलाई लिएर अनेक अड्कलबाजी सुरु भएको छ । केही समय देखी प्रेममा रहेका यो जोडीले इटलीमा गोप्य विवाहको योजना बनाएको अड्कल धेरैले गरेका छन् ।यस्तो अड्कल बाहिर आएपछि आलिया भट्ट भने रिसाएकी छन् ।

उनले भनेकी छन् यो सबै चर्चा बकवास हो । यो भ्रमण केवल बिदा मनाउन मात्रै गरिएको हो ।’ भट्टले भनेको जस्तै उनकी आमा सोनी राजदानले पनि चर्चालाई निराधार भनेकी छिन् । दुवै निरन्तर नजिक देखिने पनि गरेका छन् । एक ‘अवार्ड’ कार्यक्रममा आलियाले रणवीरलाई ‘आइ लभ यु’सम्म भन्न भ्याएकी थिइन् । निकटताको चर्चा चलेसँगै उनीहरु पहिलो चोटी एक साथ फिल्ममा देखिन लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here