मुटुको भल्ब फेर्न शल्यक्रिया गर्ने क्रममा गलत समुह रहेको रगत दिएको कारण मृत्यु भएको परिवारको आरोप छ।

0
204

सर्लाहीकी ५ वर्षिया बालिकाको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रम गलत समुह रहेको रगत दिएको कारण मृत्यु भएको छ । मुटुको भल्ब फेर्न शल्यक्रिया गर्ने क्रममा गलत समुह रहेको रगत दिएको कारण मृत्यु भएको परिवारको आरोप छ।

आकृति कुमारी शाहको अस्पतालले सोमबार बिहान ४ बजे मृत्यु भएको घोषणा गरेको थियो। उक्त अस्पतालमा उपचाररत आकृति कुमारीको रगत समूह ‘ओ पोजेटिभ’ रहेको र अस्पतालमा भने ‘ए पोजेटिभ’ रगत दिएपछि ज्यान गएको मृतकका बुबा राम प्रवेश शाहले बताए । आफुलाई रगतको विषयमा कुनै ज्ञान नभएको उनको भनाई छ।बालिकाको मुटुको भल्ब फेर्नका लागि बैशाख १३ गते अस्पताल भर्ना गरिएको र १७ गते शल्यक्रिया भएको थियो ।

चिकित्स्कको लावार्वाही देखि प्रहरी प्रशासनले पनि वेवास्ता गरेको उनको आरोप छ। उनले भने, ‘अप्रेशन गरेको २४ घण्टा पछि डाक्टरले विस्तारै उपचार हुँदैछ। ५ जना अप्रेशन गर्दा ५ जना थिए तर डीएसपीले एक जनाको नाम मात्रै लेखाउनु नत्र म बुझ्दिन भनिरहेको थिए।’उनले अस्पतालको लापरवाहिका कारण बालिकाको ज्यान गएकाले छानविन गरि सत्य तथ्य बाहिर नल्याएसम्म लास नबुझ्ने जनाएका छन् । डाक्टरले मृत्यु पश्क्ष्यात मृत्युको कारण नखुलाई हत्तार गरी शबको पोस्टमार्टम गर्न लगेको उनको आरोप छ।

बिरामीलाई फरक रगत चढाएर मृत्यु भएको कुरा अस्पताल प्रशासनले समेत् स्वीकारेको छ । बालिकाको मृत्यु पछि अस्पताल प्रशासनले तत्काल बैठक राखी उपचारमा संलग्न चिकित्सकका साथै रगत उपलब्ध गराउने ल्याबका कर्मचारी र पिडित पक्ष बसेर छलफल गरी छानविन समिति गठन गरेको अस्पताल प्रशासनले जनाएको छ । ३ दिनभित्र छानविनको रिपोर्ट सार्वजनिक गर्ने सहमति भएको पीडित पक्षले जनाएको छ ।

अस्पताल प्रशासन प्रमुख गलत रगत चढाइएको विषयमा छानबिन टोली गठन गरेको र ‘बास्तवमा घटना हेलचक्र्याईले नै भएको रहेछ भने दोषीमाथि कारवाही गरिने अस्पतालले जानकारी दिएको छ।फरक समूहको रगत चढाइएपछि उनको क्रियटिनन बढेर ४ दशमलव १ एमजिडिएल पुगेको थियो । शल्यक्रियाअघि क्रियटिनिन शून्य दशमलव ३ एमजिडिएल रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here